छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

Share:

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-१५ स्वयम्भु चौमतिमा प्रदेश ३-०१-००३ क ७५१२ नम्बरको ट्याङ्करले बा.८१ प १७८६ नम्बरको स्कुटरलाई शनिबार राति ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-२४ बस्ने ५५ वर्षीय नरेन्द्र मुनि बज्राचार्यको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको  सिम्रौनगढ नगरपालिका-११ भगवानपुरस्थित सडकमा ना.६ त ६३४९ नम्बरको ट्याक्टर र प्रदेश २-०३-०१५प १४९७ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक आदर्श कोतवाल गाउँपालिका-४ बस्ने १८ वर्षीय मोजाफ अंसारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्युरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेखको  नारायण नगरपालिका-१ स्थित सडकमा भे.२ त १४७८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदल यात्री सोही नगरपालिका-१० बस्ने २२ वर्षीय रमेश बिकको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मुत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: