
सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ । संयुक्त राष्ट्रसंघीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरूसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो । सुडानमा शरणार्थीहरूको संख्या बढ्दै गएकाले उनीहरूलाई अत्यावश्यकीय सहयोगका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले विगतदेखि नै यस्तो सहयोगका लागि आग्रह गर्दै आएको थियो ।
मंगलबार सो आयोगले विभिन्न ४१ वटा संघसस्था तथा देशहरूलाई सुडानका शरणार्थीका लागि सहयोगको आग्रह गरेको हो । हाल सुडानमा कम्तीमा पनि नौ लाख शरणार्थी रहेका र उनीहरूका लागि आवश्यक खाद्यान्न एवं अन्य सहयोग आवश्यक परेको बताइएको छ ।
उक्त आयुक्तको कार्यालयले मंगलबार एक विज्ञप्ति प्रकाशन गरी सन् २०२३ का लागि आवश्यक आर्थिक सहयोग गर्न विश्वका विभिन्न देशलाई आग्रह गरेको हो । सुडान अफ्रिकी देशमा शरणार्थीहरूलाई शरण दिइरहेको दोस्रो ठूलो मुलुक हो । त्यहाँ अहिले पनि नौ लाख भन्दा बढी शरणार्थी रहेका छन् ।
