
काठमाडौं : पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्पत आफू महाभारतको अभिमन्यु नभएको जिकिर गरेका छन् ।
उनले भनेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’
नागरिकता प्रकरणमा परेपछि सर्वोच्चले सम्पूर्ण पदहरू खारेज गरिदिएको छ ।
कमेन्ट गर्नुहोस्
