नौ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

Share:

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौं आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो । उक्त घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए ।

कमेन्ट गर्नुहोस्
Share: