रास्वपा सरकारबाट बाहिरियो

Share:

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो। 

रास्वपाले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन कायम राख्ने भएको हो।

 प्रचण्ड सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल,  रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुने भएका हुन्। 

सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता खारेज गरेपछि उनको सांसद र मन्त्री पद गएको थियो।

सभापति लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाएपछि रास्वपाले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो।

 प्रधानमन्त्री प्रचण्डले गृह छोडेर भौतिक पूर्वाधार मन्त्रालय लिन गरेको आग्रहलाई रास्वपाले अस्वीकार गरेको हो। 

कमेन्ट गर्नुहोस्
Share: