‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ पत्रकारद्वय रेम विक र राजाराम पौडेललाई

Share:

कास्की :  ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकारद्वय रेम विक र राजाराम पौडेल पुरस्कृत हुने भएका छन् ।

लामो समय चलचित्र पत्रकारिता पेशामा रहेका रेम र राजाारामलाई क्रमशः जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०७८ र ०७९ प्रदान गर्ने निर्णय भएको हो।

चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारमध्येबाट बर्सेनि १ जनालाई प्रदान गर्ने गरी यो पुरस्कार स्थापना गरेको थियो ।

रेम चलचित्र पत्रकार संघ कास्की पूर्वअध्यक्ष हुन् भने राजाराम सल्लाहकार हुन् । आगामी माघ २८ गते संघको पाँचौ अधिवेशनको अवसरमा पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ। उक्त पुरस्कार राशि २५ हजार रुपैयाँ छ ।

रेमले वि.स २०६५ मा बिग एफएमबाट पत्रकारिता सुरु गरेका थिए भने राजारामले २०६० बाट हिमचुली एफएमबाट पत्रकारिता सुरु गरेका थिए। राजाराम हालसम्म पनि चलचित्र पत्रकारितामा क्रियाशील छन् ।

कमेन्ट गर्नुहोस्
Share: