सैनिक कारबाहीमा बाह्र जना आतंकवादी मारिए

Share:

आतंकवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा १२ जना मारिएका छन् । गए राति गरिएको सैनिक कारबाहीमा ती अतिवादी मारिएका हुन् ।

गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित आतंककारी मारिएका राष्ट्रिय सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर) ले बुधकार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कारबाहीका क्रममा आतङ्कारीहरूबाट हतियार, गोलाबारुद र विदेशी मुद्रा पनि बरामद गरिएको छ । कारबाहीस्थल र त्यसको वरपर सुरक्षा बलले खोजतलास जारी राखेको छ । अघिल्लो सातादेखि नै सुरक्षा निकायले उक्त प्रान्तमा आतंकवादीका गतिविधिमाथि निरन्तर निगरानी गरेको थियो ।

अफगानीस्तान र पाकिस्तानको सीमामा सक्रिय पाकिस्तानी तालिवान समूहले सन् २००७ देखि पाकिस्तानमा आतंकवादी गतिविधि गरिरहेको छ । विभिन्न इस्लामिक सशस्त्र लडाकु समूहसँग आबद्ध तेहरिक–ए–तालिबानले निर्दोष नागरिक र भौतिक सम्पत्तिमाथि हमला गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: