युरोपेली मुलुकमा  शरणका लागि दश लाखको आवेदन

123
0
Share:

कोरोना महामारीका कारण जारी गरिएको यात्रा प्रतिबन्ध हटाइएपछि युरोपेली मुलुकमा शरण खोज्नेहरूको संख्या अनपेक्षित रूपमा बढेको छ । यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली संघमा दश लाख जनाले शरणका लागि आवेदन गरेका छन् । यो विगत सात वर्ष यताकै उच्च हो ।

शरणार्थीसम्बन्धी युरोपेली संघको कार्यालयले सन् २०१६ पछि शरणका निम्ति आवेदन गर्नेको संख्या ५० प्रतिशतले बढेको छ । उक्त कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार गत वर्षको अन्त्यमा कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड हटाइएपछि नर्वे र स्विट्जरल्याण्डबाहेक संघमा आवद्ध देशमा दशलाख आप्रवासीले शरणार्थीको दर्जा प्राप्त गर्न आवेदन दर्ता गरेका छन् ।

शरणका लागि सबैभन्दा धेरै सिरियाली र अफगानीले आवेदन गरेका छन् । टर्की, भेनेज्वेला, कोलम्बिया, पाकिस्तान, बङ्गलादेश र जर्जियाका आप्रवासीको आवेदन पनि अधिक परेको छ । रुसी आक्रमणबाट भागेका युक्रेनीको संख्या तुलनात्मक रुपमा कम छ । युरोपेली संघले उनीहरूलाई छुट्टै अस्थायी सुरक्षा व्यवस्था गरेकाले युक्रेनका थोरै नागरिकले  शरणका निम्ति निवेदन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: