डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु

129
0
Share:

इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन शहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटालियन सञ्चारमाध्यमले आइतबार जनाएका छन् । समाचार संस्था एएनएसएका अनुसार कम्तीमा ३० जनाको डुबेर मृत्यु भएको अनुमान गरिएको छ । आँधीबेहरीका कारण बाँचेकाहरूको खोजी कार्य जारी थियो ।

एजीआई समाचार एजेन्सीले एक उद्धारकर्मीलाई उद्धृत गर्दै मृतकमध्ये केही महिनाको शिशु पनि रहेको जनाएको छ । आप्रवासीहरूको डुङ्गामा अत्यधिक लोड भएको र सम्द्रमा व्यापक छाल आएका कारण डुबेको बताइएको छ। इटालियन तटरक्षकसँग यसबारे प्रतिक्रियाका लागि सम्पर्क गर्दा तत्काल कुनै प्रतित्रयिा दिन अस्वीकार गरेका छन् ।

इटालीकोसरकारले आप्रवासीको उद्धारसम्बन्धी विवादास्पद नयाँ कानुन संसदबाट पारित गरेको केही दिनपछि यस्तो पछिल्लो त्रासदी आएको हो ।

कमेन्ट गर्नुहोस्
Share: