देश विकासका लागि युवालाई सक्रिय बनाइने

120
0
Share:

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको विकासका लागि यहाँको युवा वर्गलाई सक्रिय बनाइने बताएका छन् । उनले देशको विकासका क्षेत्रमा सबै युवाहरूलाई सहभागी गराउनका लागि सरकारले विभिन्न कार्यक्रमहरू पनि ल्याउने तयारी गरेको पनि उनले जानकारी दिए ।

पाकिस्तानमा जारी रहेको युवा महोत्सवको अवसरमा उनले एक भिडियो सन्देश जारी गर्दै सो कुरा बताएका हुन् ।

सो सन्देशमा उनले सरकारले देशका सबै युवा बर्गलाई देश विकासको काममा सहभागी र सक्रिय बनाउने योजना बनाएको  र त्यसका लागि आवश्यक स्रोतको पनि व्यवस्था गरेको बताए ।

देशको विकासमा युवा बर्गको ठूलो योगदान पुग्न सकोस् भनेर सरकारले समावेशी प्रकृतिको युवा नीति ल्याउने र त्यसबाट उनीहरू सक्रिय र जागरुक बन्न सक्ने स्पष्ट गरे । उनले देशको ६० प्रतिशत जनसंख्या युवा रहेको भन्दै यो जनशक्तिको योगदानबाट देशको विकास हुने पनि बताए ।

उनले पाकिस्तान सरकारले सन् २०२३ लाई युवा वर्षका रुपमा मनाइरहेको र यस वर्ष युवाहरूको हक अधिकारको रक्षाका लागि पनि विभिन्न कार्यक्रमहरू ल्याउने बताए ।

कमेन्ट गर्नुहोस्
Share: