सोमालियाका पचास लाख नागरिक खाद्य संकटमा

129
0
Share:

राजनीतिक तथा आर्थिक संकटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य संकटमा परेका बताइएको छ। संयुक्त राष्ट्रसंघका विज्ञहरूले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ। सोमालियाली अधिकारीहरूले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए।

यहाँ खाद्य संकटमा परेका मध्ये कम्तीमा पनि एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ। खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताएका छन्।

उनका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये किरब पाँच लाख जनाको अवस्था नाजुक रहेको छ। अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: