सैनिक विमान ठोक्किदा दुई जना चालकको मृत्यु

87
0
Share:

इटालिको वायुसेनाका दुई विमान मध्य आकाशमा ठोक्किदा दुवै विमानका चालकको मृत्युु भएको छ । अभ्यास उडानमा रहेका दुवै विमानका चालककोे मृत्यु भएको प्रधानमन्त्री जर्जिया मेलोनीले बताएकि छिन् ।

रोमको उत्तरपश्चिमा भएको उक्त दुर्घटनाको कारणबारे तत्काल जानकारी प्राप्त नभएको वायु सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्रीले विमान चालकका परिवार र वायुसेनाका सदस्यहरूप्रति समवेदना व्यक्त गरेकी छिन् । दुर्घटनाग्रस्त विमान एकल इन्जिनयुक्त हुन् ।

कमेन्ट गर्नुहोस्
Share: