ग्रीसमा रेल दुर्घटनाको विरोधमा ५० हजारभन्दा बढी प्रदर्शन

121
0
Share:

देशको सबैभन्दा खराब रेल दुर्घटनाप्रति आक्रोश व्यक्त गर्दै ग्रीसमा बुधबार ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएका छन् । साथै, मजदुरहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सामूहिक हडताल गरेका छन् ।

गत फेब्रुअरी २८ मा एक मालबाहक रेल र अधिकांश विद्यार्थी सवार यात्रुबाहक रेल आपसमा ठोक्किँदा कम्तीमा ५७ जनाको मृत्यु भएको थियो भने घटनापछि आक्रोशित आफन्तजन र सर्वसाधारणले घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् । घटनामा घाइते अन्य १४ जना अस्पतालमा उपचाररत रहेका छन् ।

एथेन्सका प्रदर्शनकारीहरूले यो दुर्घटना होइन, यो अपराध हो’ र त्यो रेलमा हामीमध्ये कोही पनि हुन सक्छौं’ लेखिएको साइनबोर्डहरूसहित प्रदर्शनमा सहभागी बनेका छन् । दुर्घटनाको विरोधमा देशभरका ५३ हजार भन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: