
फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ।
मेटाले १० हजार कामदारलाई जागिरबाट निकाल्नुका साथै कम्पनीमा ५ हजार दरबन्दी खाली राखिएको बीबीसीले जनाएको छ। मेटाका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मार्क जुकरबर्गले सन् २०२२ मा कम्पनीको राजस्वमा भारी गिरावट आएकाले कर्मचारी घटाउनुपरेको बताएका छन्।
कमेन्ट गर्नुहोस्
