
काठमाडौं : मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी बनेका छन्। उनले ३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
उनले १ सय ८४ संघीय सांसद र ३ सय २९ प्रदेशसभा सदस्यको मत प्राप्त गरे। नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गरिन्। उनलाई १ सय ४ संघीय सांसद र १ सय ६९ प्रदेश सांसदले मतदान गरेका हुन्।
कमेन्ट गर्नुहोस्
