मलेसियामा फेब्रुअरीमा गाडीको विक्री बढ्यो

Share:

मलेसियाम गत फेब्रुअरीमा उद्योगको मात्रा ३९ प्रतिशतले बढेर ६२ हजार ६४९ इकाइ पुगेको छ । गत वर्ष यसको सङख्या ४५ हजार ६२ युनिट रहेको मलेशियन अटोमोटिभ एसोसिएसनले सोमबार जनाएको छ।

एसोसिएसनका अनुसार मलेसियामा यात्रुवाहक सवारी र व्यावसायिक सवारीका निम्ति प्रयोग हुने नयाँ कारहरूको बिक्री बढेर ५५ हजार पुगेको छ ।

सो सङ्ख्या जनवरीमा ४९ हाजर ४७९ रहेकामा फेब्रुअरीमा बिक्रीको मात्रा २७ प्रतिशतले बढेको हो । विश्वबजार आर्थिक मन्दीले प्रभावित भए पनि यहाँ कारको विक्रीको मात्रा बढेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: