‘श्रीलंकाले अर्को महिना इन्धनको मूल्य घटाउने’

Share:

श्रीलंकाका विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले सरकारले आगामी महिना देशमा इन्धनको मूल्य घटाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावट र संकटग्रस्त मुलुकले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण स्वीकृतिका कारण आपूर्तिकर्ताबाट प्रतिस्पर्धात्मक मूल्य प्राप्त गर्न सक्ने क्षमता भएकाले मूल्य घटाउन सकिने उनले संसद्लाई बताए ।

उनले अमेरिकी डलरसँगको श्रीलंकाको रूपैयाँको पनि मूल्य वृद्धि भइरहेको बताए ।

उनका अनुसार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ‘बेलआउट प्याकेज’ र अर्थतन्त्रको स्थिरीकरणपछि इन्धनको मूल्य घटाउन सुझाव दिएका थिए ।

श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि सन् २०२२ मा इन्धनको मूल्यमा २०० प्रतिशतले वृद्धि भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: