
काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर प्रहरीको महानिरीक्षकमा बढुवा भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । तीन दिन अघि मात्र एआईजीमा बढुवा भएका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए ।
कमेन्ट गर्नुहोस्
