
दार्चुला : जिल्लाका स्थानीय तहले सार्वजनिक गरेको गरिब घरपरिवार सूचीमा जनप्रतिनिधि र कर्मचारीले अनियमितता भएको पाइएको छ ।
यहाँका स्थानीय तहले गरिब घरपरिवारको सूची सार्वजनिक गरी परिचयपत्र बुझ्नका लागि सूचना जारी गरिसकेका छन् । तर सूचीमा वास्तविक गरिब नभएर जनप्रतिनिधि र कर्मचारीले गरिबका रुपमा सरकारी कर्मचारी र व्यवसायीको नाम समावेश गरिएको शैल्यशिखर–६ का विष्णुसिंह धामीले दाबी गरे ।
मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हीरा सिंह धामीले सूचीमा अनियमितता भएको भनेर कसैले उजुरी दिए छानबिन गरिने बताए ।
कमेन्ट गर्नुहोस्
