एमाले कुनै गठबन्धन भत्काउने या बनाउने खेलमा छैन : उपाध्यक्ष पौडेल

149
0
Share:

कैलाली : नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट गरेका छन् ।

पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज धनगढी आउनुभएको उपाध्यक्ष पौडेलसमक्ष अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सो धारणा राखेका हुन् ।

उनले भने, “अहिले एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा लागेको छैन, पार्टीलाई थप बलियो बनाउने पक्षमा लागेको छ, त्यसैले हामी देशव्यापीरुपमा मिसन ग्रासरुट कार्यक्रममा छौँ ।” तर उनले अहिलेको गठबन्धन भत्काउन चाहेमा एमालेले सक्ने पनि बताए । तर अहिले एमाले गठबन्धन भत्काउने र बनाउनेभन्दा पनि पार्टीलाई बलियो बनाउने अभियानमा लागेको उनले बताए ।

धनगढीमा प्रेस चौतारीले गरेको अन्तक्र्रियामा उनले आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर बस्ने बताए । एमालले अबको अर्को निर्वाचनमा बहुमत ल्याउने गरी अगाडि बढेको र हाल सशक्त प्रतिपक्षको भूमिकामा रहने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: