इजरायली सेनाले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ।
प्यालेस्टाइनी इस्लामिक समूहलाई लक्षित गरी गरिएको कारबाहीमा १० जनाको मृत्यु भएको इजरायलको दाबी छ। आक्रमणमा केही घाइते भएका छन्। स्थानीय समयअनुसार गएराति २ बजे गाजा क्षेत्रका विभिन्न आवसीय भवनमा हवाई आक्रमण भएको थियो।
विस्फोटको आवाज टाढाटाढा सम्म सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। पछिल्ला केही महिनायता इजरायल र प्यालेस्टाइनी इस्लामिक समूहबीच पटकपटक मुठभेडका घटना भएका छन्।
कमेन्ट गर्नुहोस्
