
कास्की : पोखरामा दश दिने उद्घोषण तथा भाषण कलामा १८ जना प्रशिक्षार्थी लाभान्वित भएका छन्।
पोखरा महानगरपालिका- १४ मझेरीपाटनस्थित युनिटी टोल विकास संस्थाले आयोजना गरेको उक्त तालिममा विभिन्न क्षेत्रका व्यक्तिले तालिम प्राप्त गरेका हुन् ।
तालिममा रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जय कुमार मल्ल, मानवअधिकारका विषयमा इन्सेक गण्डकीका संयोजक शिव खकुरेल, मनोविद् विजय राईले प्रशिक्षण दिएका थिए ।
तालिममा लक्ष्मी लामिछाने अधिकारी, रामबहादुर कार्की, सुसीला गुरुङ, कविता अधिकारी, सुवेदार मेजर चन्द्रबहादुर क्षेत्री, गीता अधिकारी, जेजुनाथ लम्साल, छलिमाया कँडेल, प्रवीण गुरुङ्ग, अनिता थापा, सुमित्रा लम्साल, शारदा केसी, गौतम क्षत्री, तारा गुरुङ, रीता गुरुङ, स्मृति गुरुङ, अनुषा कार्की सहभागी रहेको संस्थाका अध्यक्ष तेजीन्द्र बहादुर कँडेल जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका-१४ का अध्यक्ष बोध बहादुर कार्कीले वडा नम्बर १४ भरिमै युनिटी टोलको छवि पृथक भएको बताए । उनले संस्थाले गर्ने यस किसिमको कार्यक्रमममा आफ्नो सदैव सहयोग रहने बताए।
उनले भने, ‘आफ्नो कार्यकालको १ वर्ष सकिएको तथा अब ४ वर्ष अझै जुझारु ढंगले वडाको विकासमा समर्पित हुन्छु’,उनले भने ।
संस्थाका अध्यक्ष कँडेलले तालिममा सिकेका विषयलाई व्यवहारिक ज्ञानको विषय बनाए मात्रै तालिमको औचित्य हुने जिकिर गरे ।
तालिमका प्रशिक्षक सञ्चारकर्मी मल्लले तालिमका लागि तालिम भन्दा पनि आवश्यकताले लिइएको तालिमले आम रुपमा सार्थकता पाउनेमा आफू विश्वस्त रहेको बताए ।
उक्त अवसरमा टोलका तर्फबाट पोखरा महानगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो उक्त प्रतियोगीतामा सान्तन्वा स्थान हासिल गर्ने सुमित्रा लम्साल, कविता अधिकारी र लक्ष्मी अधिकारी तथा प्रथम वडाअध्यक्ष कप ब्याडमिन्टन प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने टोलका चोकबहादुर थापा र थमनसिंह थापालाई सम्मान गरिएको थियो ।
