श्रीलंकामा यो वर्ष सडक दुर्घटनामा एक हजार ४३ जनाको मृत्यु

Share:

श्रीलंकामा यो वर्ष अहिलेसम्म कूल ८,८७५ वटा सडक दुर्घटना भएका छन् । ती विभिन्न दिर्घटनामा १,०४३ जनाको मृत्यु भएको छ । यातायात मन्त्री लासान्था अलागियावान्नाले सोमबार सो जानकारी गराएका छन् ।

यी दुर्घटनामा अधिकांश बस, मोटरसाइकल र तीनपाङ्ग्रे सवारी साधन रहेको पनि मन्त्रीले सञ्चारमाध्यमलाई बताए ।
यसैबीच दुर्घटना न्यूनीकरणका लागि सहकार्यात्मक कार्ययोजना अघि बढाइएको छ । पश्चिमाञ्चल प्रदेशमा मदिरा र लागुऔषध सेवन गरी सवारी चलाउने चालकको पहिचान गर्न मे १८ गतेदेखि पाइलट कार्यक्रम शुरु गरिएको मन्त्रीले बताए ।

सोमबारदेखि आइतबारसम्म पश्चिमाञ्चल प्रदेशमा लागुऔषध सेवन गरी सवारी चलाएको आशंकामा एक हजार ७८१ चालकको परीक्षण गरिएको राज्यमन्त्रीले जानकारी दिए ।

श्रीलंकामा सन् २०२२ मा करिब १९ हजार ७४० सडक दुर्घटना भएको थियो जसमा दुई हजार चार सय ८५ जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: