नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित

Share:

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ।

काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरूलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उनका अनुसार निलम्बनमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो। प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट कोको हुन् भन्ने खुलाएको छैन।

कमेन्ट गर्नुहोस्
Share: