रूस वाग्नर तनावलाई व्यवस्थापन गर्न चुकेको लुकाशेन्कोको आरोप

Share:

बेलारूसका शक्तिशाली नेता अलेक्जेन्डर लुकाशेन्कोले मस्कोको सेना र रूसमा विद्रोह गर्ने वाग्नर भाडाको समूहबीच लामो समयदेखि रहँदै आएको तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको बताएका छन् ।

आफ्ना रूसी सहयोगी भ्लादिमिर पुटिनलाई झकझकाउने विद्रोह अन्त्यका लागि मध्यस्थता गरेको तीन दिनपछि लुकासेन्कोले उक्त कुरा बताएका हुन् ।

वाग्नर र रूसी सेनाबीचको विवाद महिनौंसम्म चर्किरहेको थियो र भाडाका सेनाका प्रमुख येभगेनी प्रिगोजिनले जर्नेलहरूविरुद्ध कडा टिप्पणी गरेका हुन् ।

लुकाशेन्कोले भने, “हामीले सहज परिस्थितिलाई गुमायौं र सोच्यौँ यो आफैँ समाधान हुनेछ, तर त्यसो हुन सकेन ।”

“मोर्चामा लडेका दुई व्यक्ति आपसमा लडेका थिए, यस मामिलामा कुनै नायक छैनन्,” उनले विद्रोह गर्ने वाग्नर प्रमुख येभगेनी प्रिगोजिन र उनका प्रतिद्वन्द्वी रक्षामन्त्री सर्गेई शोइगुलाई सङ्केत गर्दै भने ।

रूसी समूहबीच मध्यस्थकर्ताका रुपमा हेरिएका पुटिनले पनि द्वन्द्वलाई राम्रोसँग वा समयमा सम्बोधन नगरेको भन्दै उक्त आरोप लगाइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: