‘आलु र प्याजमा कर नबढाऔँ’

Share:

काठमाडौं : सांसदहरूले दैनिक उपभोग्य वस्तुमा करको दायरा नबढाउन सुझाव दिएका हुन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०८० माथिको छलफलका क्रममा सांसदहरूले आलु र प्याजलगायत दैनिक उपभोग्य वस्तुमा कर नबढाउन माग गरेका हुन् ।

छलफलका क्रममा सांसद अमृतलाल राजवंशीले विदेशबाट मोबाइल फोन भित्राउँदा लाग्ने करले वैदेशिक रोजगारमा गएका श्रमिक मारमा परेको बताए ।

सांसद रेखा यादवले पुर्खौली घरजग्गामा लाभकर हटाउनुपर्ने माग गरे ।सांसद रञ्जुकुमारी झाले  आलु र प्याजमा लागेको कर हटाउन माग गरिन् ।

सांसद भगवती चौधरीले पनि दैनिक उपभोग्य वस्तुमा कर नबढाउन माग गरे । उनले आत्मनिर्भर नभएका वस्तुको आयातमा कर बढाउन नहुने धारणा राखिन् ।

 

कमेन्ट गर्नुहोस्
Share: