प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू

101
0
Share:

काठमाडौं : प्रमुख प्रतिपक्षीलगायतले गरेको संघीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा  सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

गत बुधबारदेखि संघीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन । अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ ।

यस्तै, अन्य महत्वपूर्ण विधेयकहरु समेत अगाडि बढ्न सकेको छैन । राष्ट्रियसभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११ :०१ बजेसम्मका लागि स्थगित भएको छ ।

यसअघि आज बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनमा आबद्ध दलहरुको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो । बैठकमा संघीय संसद्को अवरोध हटाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: