अमेरिका बन्दुक हिंसाः चार जनाको हत्या

Share:

अमेरिकाको जर्जिया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको  ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन जना पुरुष र एक महिलाको हत्या भएको हो । एकचालिस वर्षीय आक्रमणकारी आन्द्रे लङ्मोरको खोजी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: