अनेरास्ववियुले विद्यार्थीका लागि राष्ट्रियस्तरमा चेस प्रतियोगिता गर्दै

Share:

काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठनअनेरास्ववियुले स्कुल-कलेज स्तरीय चेस प्रतियोगिता गर्ने भएको छ।  आउँदो साउन १२ र १३ गते प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा उक्त प्रतियोगिता हुने भएको हो।

संगठनको केन्द्रीय खेलकुद विभागका अनुसार प्रतियोगिताका लागि प्रवेश शुल्क ७ हजार ५ सय रहेको छ। प्रतियोगितामा प्रथम हुनेले ५० हजारसहित ट्रफी पदक र प्रमाणपत्र प्राप्त गर्ने छ।

यस्तै, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार, उत्कृष्ट विद्यालयले १० हजार, उत्कृष्ट +२ कलेजले १० हजार, उत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्ने छन् । विभागले हरेक वर्ष विद्यार्थीको उन्नयनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: