८ दिनमा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाको अनलाइन आवेदन दर्ता

Share:

काठमाडौं :  ८ दिनमा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको छ ।

काठमाडौं महानगरपालिकाले असार २८ गते विहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गते अपरान्ह ०३ :३० बजेसम्ममा यो संख्या देखिएको हो । यसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना छन् । दोस्रोमा व्यवस्थापन विषयका लागि २३९ जना छन् ।

यसमा छात्रको संख्या १४८ जना र छात्राको संख्या ९१ जना छ ।

प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको छ ।

कमेन्ट गर्नुहोस्
Share: