नेपालकै होची महिला मालतीलाई नागरिकता

143
0
Share:

मोरङ : सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिनुभएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् ।

मालती एक समयमा नेपालकै होची महिलाको रूपमा  चर्चामा थिइन्  । उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ । विसं २०५६ भदौ १८ गते जन्मिनुभएकी मालतीले २५ वर्षको उमेरमा नागरिकता पाएपछि  निकै हर्षित भएको वडाध्यक्ष कैलाश बस्नेतले जानकारी दिए ।

नगरपालिकाले  मासिक रु चार हजार भत्ता दिँदै आएको र उनको आर्थिक अवस्था पनि नाजुक रहेको छ। मालतीको परिवारलाई दिगो रोजगारी दिन सक्ने हो भने घर चलाउन सहज हुने वडासचिव अनिल पोख्रेलले उल्लेख गरे ।

 

 

कमेन्ट गर्नुहोस्
Share: