साउनमा १ हजार २७५ मुद्दा दर्ता, १ हजार ११६ पक्राउ

Share:

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले गत आवको साउन महिनाभन्दा चालू आर्थिक वर्षको साउन महिनामा आपराधिक घटनामा वृद्धि भएको बताएको छ।

शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौंले आव २०७९।०८० र २०८०।०८१ साउन महिनाको कार्यसम्पादनको तुलनात्मक प्रस्तुतिका लागि आयोजना गरेको पत्रकार सम्मेलन तथा मासिक समीक्षा कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंमा साउन महिनामा २ हजार ६५१ जना मानिस सम्पर्कमा आएको बताएको छ। त्यसैगरी २ हजार २८२ जनाले टेलिफोन सेवा लिएको, सिसिटिभी जडानमा कालीमाटीको क्षेत्रमा सोल्टी होटलको सहयोगमा १८ वटा जडान गरिएको, प्रहरीवृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार र कालीमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको बताएको छ।

बैंकिङ कसुर मुद्दामा २०७९।०८० साउनमा ५१६ मुद्दा दर्ता भएको र त्यसमा ८१ जना पक्राउ परेका थिए। २०८०।०८१ साउनमा ५६० मुद्दा दर्तामा २१२ जना पक्राउ परेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले बताए। उनले अघिल्लो आवको साउनको तुलनामा ४४ वटा मुद्दा दर्ता संख्या बढेको र पक्राउ पर्नेको संख्या पनि बढेको बताए।

कमेन्ट गर्नुहोस्
Share: