बालकल्याण संघ पत्रकारिता पुरस्कारले फोटो पत्रकार युनिश सम्मानित 

Share:

कास्की : फोटो पत्रकार युवराज गुरुङ ‘युनिश‘ लाई यसवर्षको बालकल्याण संघ पत्रकारिता पुरस्कार २०८० ले सम्मान गरिएको छ ।

पोखरामा बसेर फोटो पत्रकारितामा क्रियाशिल गुरुङलाई संघको ३३ औं साधारण सभा तथा ७ औं अधिवेशनको अवसरमा सम्मान गरिएको हो।

गण्डकी प्रदेश सांसद प्रकाश बरालले गुरुङलाई  नगद ७ हजार पाँच सयसहित दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

बालबालिकाको क्षेत्रमा पत्रकारिता गरिरहेका पत्रकारलाई दिइने यस सम्मान यसअघि प्रकाश ढकाल, कृष्ण दवाडी,घनश्याम पाण्डे,नारायण शाही प्रदान गरिएको थियो ।
हाल समाधान राष्ट्रिय दैनिकमा आवद्द गुरुङ सन् २०१२ देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियामा फोटो पत्रकारका रुपमा काम गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: