
हाइकुई आँधीका कारण सोमबार ताइवानको तटीय क्षेत्रमा सामान्य जनजीवन प्रभावित बनेको छ । आँधीले सयौं रूखहरू ढालेको छ भने आँधीसँगै आएको मुसलधारे पानीका कारण तटीय सडकहरूमा व्यापक क्षति पुगेको छ ।
हाइकुई सुरुमा टापुबाट बाहिरिएको जस्तो देखिए पनि सोमबार बिहानै दक्षिणपश्चिम काउसियुङमा दोस्रो पटक अवतरण भएको थियो र त्यसपछि ताइवान स्ट्रेटमा प्रवेश गरेको थियो ।
त्यहाँ कुनै पनि व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको छैन । अधिकारीहरूका अनुसार आँधीका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । मुख्यतः रूख ढलेका र कार दुर्घटनाका कारण उनीहरू घाइते भएका अधिकारीहरूले बताएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।
कमेन्ट गर्नुहोस्
