मोरक्को भूकम्पः मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

Share:

मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म दुई हजार १२ जनाको मृत्यु भएको छ । दुई हजार ५९ जना घाइते भएको  गृह मन्त्रालयले जनाएको छ ।

भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।

शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् ।

दुई हजार १२ जनाको मृत्यु भएको र दुई हजार ५९ जना घाइते भएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: