संविधान निर्माणमा नेम्वाङको भूमिका सन्तुलित

Share:

 

काठमाडौं : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद्मा सन्तुलित भूमिका निर्वाह गरेकाले उनको यस भूमिकालाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अप्ठेरो राजनीतिक अवस्थामा पनि उनले राष्ट्रिय महत्व र एकतालाई ध्यानमा राखेर सहजरुपले नै समस्याहरूको सम्बोधन गर्नुभएको सङ्घीय संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराई बताउँछन् ।

उनले भने, “सुवासजीले राष्ट्र र राष्ट्रियतासम्बन्धी विषयलाई उच्च महत्व दिँदै काम गर्नुहुन्थ्यो । उनको आचरण, व्यवहार र सन्तुलनकारी भूमिकाबाट सबैले सिक्न सक्नुपर्छ ।” संविधान जारी गर्ने बेला अध्यक्ष नेम्वाङको भूमिकाको स्मरण गर्दै उनले त्यो बेलाको राजनीतिक अवस्थालाई नेता नेम्वाङले कुशलतापूर्वक सम्हालेको बताए ।

पूर्वमहासचिव भट्टराईले भने, “सुवासजी त्यो भूमिकामा नभएका भए धेरै किसिमका समस्या उत्पन्न भई प्रक्रिया नै अवरुद्ध हुने परिस्थिति पनि आउन सक्थ्यो, त्यो सम्भावनालाई उनले बुद्धिमतापूर्वक अवतरण गराउनुभएको हो ।”

कमेन्ट गर्नुहोस्
Share: