बाह्र करोड राजश्व संकलन

Share:

नवलपरासी : नवलपरासी  ( बर्दघाट –सुस्ता पश्चिम)   जिल्ला सदरमुकाम परासीस्थित यातायात ब्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष  ०७९ ÷ ०८० मा यातायात सेवा सम्बन्धी सेवाबाट  कूल रु १२ करोडभन्दा बढी  राजश्व संकलन गरेको छ ।

विगत वर्षमा भैरहवा र बुटवलबाट सेवा लिदै आएका  नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम) का बासिन्दालाई जिल्लामै सेवा उपलब्ध गराउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले कार्यालय सञ्चालनमा ल्याएकाले यातायात सेवासँगै राजश्व संकलन पनि बढेको कार्यालयले जनाएको हो ।

विभिन्न चार शिर्षकमा यस कार्यालयले गत आर्थिक वर्षमा कूल रु १२ करोड ८६ लाख चार हजार तीन सय ९५राजस्व संकलन गरेको कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेयले जानकारी दिए ।

उनका अनुसार कार्यालयबाट गत आर्थिक बर्षमा यातायात क्षेत्रको आम्दानी, सवारी दर्ता किताब सम्बन्धी   दस्तुर,  सवारी साधन कर र आयकरमा राजश्व संकलन हुँदै आएको छ ।

यातायात क्षेत्रको आम्दानी रु १५ लाख ५५ हजार ६५, सवारी दर्ता किताब सम्बन्धी दस्तुर रु  एक करोड ७ लाख ९ हजार दुई सय ५० रहेकामा ( सवारी चालक अनुमतिपत्र नवीकरणबाट रु आठ लाख दुई हजार पाँच सय, सवारी साधन करबाट रु ११ करोड १४ लाख ९४ हजार ७५ र आयकरबाट रु ४८ लाख ४६ हजार पाँच गरी कूल रु १२ करोड ८६ लाख चार हजार तीन सय ९५संकलन भएको थियो ।

यातायात कार्यालयले गत वर्षमा १७ हजार १ सय ९०वटा सार्वजनिक तथा निजी सवारी साधन नवीकरण, सात सय ९४ वटा सवारी साधनको जाँचपास तथा नवीकरण, एक सय ५३ वटा बाटो इजाजत, एक हजार सात सय २४अस्थायी बाटो इजाजत  र सात सय ६५ वटा ओभरलोड बोकेको भारतीय सवारी साधनलाई कारबाही  र तीसय ४८ वटा सवारी चालक अनुमतिपत्र नवीकरण गरिएको कार्यालयप्रमुख पाण्डेयले बताए ।

गत आर्थिक वर्षका साथै यो वर्षको एक महिनाको थप राजश्वसमेत संकलन भएको बताउँदै  उहॉले अहिले केही सेवा थप भएको हुँदा राजश्व वृद्धि हुनसक्ने जिकिर गरे ।

यस कार्यालयको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो, उनले भने,  सेवाबापत लाग्ने दस्तुरबाट राजश्व पनि संकलन गर्ने दोस्रो प्राथमिकता हो । अहिले राजश्व संकलनसँगै जिल्लाबाटै यहाँका नागरिकले सेवा पाउँदा राहत पनि भएको छ ।

चालू आर्थिक वर्षको साउन महिनामा पनि ५७ वटा सवारी साधनको स्थायी बाटो इजाजतपत्र (रुट) नवीकरण, एकसय सय ४१सार्वजनिक सवारी साधनको प्राविधिक जाँचपास, तीन सय ७८ अस्थायी बाटो इजाजतपत्र ( पटके ) सेवा गरी कूल पाँच सय ७६ वटा सवारीसाधन सम्बन्धी सेवा प्रदान गरिएको छ ।

साउन महिनाभित्र सवारी साधन करबाट रु  ९० लाख १५ हजार दुईसय ८०, सवारी नवीकरणबाट रु छ लाख २४ हजार तीनसय, सवारी चालक अनुमतिपत्रबाट रु १० लाख ३० हजार, यातायात क्षेत्रको आम्दानीबाट रु दुई लाख ३३ हजार नौसय ५० र आयकरबाट  रु दुई लाख ३० हजार छ सय गरी कूल एक  करोड ११ लाख ३४ हजार एकसय ३० राजश्व संकलन भएको कार्यालयले जनाएको छ । यस जिल्लाभित्र नै बजाज र होण्डा कम्पनीको मोटरसाइकलको एसेम्बल गर्ने कारखाना छ ।

कमेन्ट गर्नुहोस्
Share: