दैनिक आयात गर्न सकिने सुनको कोटा २० किलो कायम

Share:

 

काठमाडौं : दैनिकरुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो । यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था थियो ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले २०७८ फागुनमा सुन आयातको कोटा दैनिक २० किलोवाट १० किलोमा झारेको थियो । सुनचाँदी व्यवसायीले आयातको कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: