ग्यास प्रतिसिलिण्डर २१५ ले बढ्यो

Share:

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ।

शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको हो। हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ।

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: