जब मदनकृष्ण आफ्ना गीत सुनाउन सन्तानसहित मञ्चमा देखा परे

Share:

 

काठमाडौं : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले परिवारसहित ‘मदनकृष्ण मुड’मा प्रस्तुत भएका छन् । सिस्नुपानी नेपालको आयोजना र पाठशाला नेपालको सहकार्यमा शुक्रबार थापागाउँस्थित पाठशाला स्कुलको मदनकृष्ण नाट्यशालामा उनले प्रस्तुती दिएका हुन् ।

श्रेष्ठको स्वास्थ्यलाभको कामना एवम् पारिवारिक सांगीतिक साधनाको प्रस्तुतीमा जहाँ उनले आफ्ना हिट र कालजयी गीतहरू प्रस्तुत गरेका थिए । पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र बाबुराम भट्टराई,   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत संवैधानिक अंगका विशिष्ट व्यक्ति, डा. सन्दुक रुइतलगायत अन्य व्यक्तिहरू श्रेष्ठमा गीत सुन्न प्रेक्षालयमा उपस्थित थिए ।

‘मदनकृष्ण मुड’ श्रेष्ठले आफ्ना चर्चित गीतहरू अरबौं मान्छेहरूमा, खोलावारी खोलापारी, एउटै सपना छ, हे भगवान, फूलबुट्टे सारी लगायतका गीतहरू प्रस्तुत गरे ।

श्रेष्ठलाई साथ दिन मञ्चमा उपस्थित उनका छोरा यमन श्रेष्ठले एउटै लक्ष्यको बाटोमा, सेल्फी गीत प्रस्तुत गरे ।

यस्तै छोरी सराना श्रेष्ठले ती जून जस्तै, एकतर्फी माया न हो जस्ता कालजयी गीत प्रस्तुत गरिन् । तीनै जनाले य थरी बाजा गीत सामूहिक प्रस्तुत गरे ।

उनीहरूलाई वाद्यवादनमा भूपेन्द्र रसाइली, कृष्ण लिम्बु, प्रविण श्रेष्ठ, वैभवविक्रम परियार र मिलन घिमिरेले साथ दिएका थिए ।

उनलाई सुन्न देशका विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरू हलमा उपस्थिति थियो ।   हलभित्र नअटाएका दर्शकले बाहिर डिस्प्लेमा कार्यक्रमलाई नियालेका थिए ।

कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौँमा भएको हो । उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन् ।

उनले ‘सुख दुख’, ‘वासुदेव’ र के घर के डेरा लगायत फिल्ममा खेले । हजारवटा जति टेलिफिल्ममा खेलेका छन् । विज्ञापन नाटक सयौंपटक प्रहसन गरेका छन् । पञ्चायतको श्राद्ध, अभिभावक, पिकनिक, गाउँखाने कथा–२, अभिनन्दन, लालपुर्जालगायत थुप्रै कार्यक्रम गरे । जनचेतना जगाउने काममा उनीहरूको अभूतपूर्व योगदान छ । तर, उनी अब्बल कलाकारसहित अब्बल गीतकार र गायक पनि हुन् ।

समारोहको संचालन सरोज घिमिरेले गरेका थिए भने सांगीतिक साँझमा लक्ष्मण गाम्नागे, टंक आचार्य, चक्र दवाडीले सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: