वरिष्ठ कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते, मणिपालमा उपचार हुँदै

1406
0
Share:

कास्की : वरिष्ठ कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् ।

शुक्रबार बिहान साढे ९ बजे नदीपुरमा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार  घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि सामाजिक संजालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै घिमिरेको स्वास्थ्य लाभको कामना गरेका छन् । मेयर आचार्यले अभिनेता घिमिरेलाई आकस्मिक उपचार कक्षमा राखिएको बताए ।

नेपाली चलचित्रका अब्बल कलाकार घिमिरेले दर्जनौं फिल्ममा अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: