
कास्की : कास्कीको पोखरा महानगरपालिकामा नगरबस दुर्घटनामा भएको छ।
उक्त दुर्घटनामा ११ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार ३० जना सवार बस पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको अवस्थामा ग १ ख ८५८५ नम्बरको बस आइतबार दिउँसो दुर्घटनामा परेको हो।
११ जनामध्ये ३ जनाको अवस्था गम्भीर बताइएको छ । घाइतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
बस घुम्तीमा अचानक ब्याक भएको हुन सक्ने बताइएको छ।
कमेन्ट गर्नुहोस्
