जाजरकोटका मेयरको चेतावनी, ‘विभिन्न बहानामा हेलिकप्टर आतङ्क बन्द गर’

143
0
Share:

काठमाडौं : जाजरकोटको भेरी नगरपालिकाका मेयर सिपि घर्ती मगरले अनुगमनका लागि भन्दै भूकम्प पिडितहरुको घरदैलोमा पुगेका शिर्ष नेताहरु प्रति आक्रोश पोखेका छन् ।

मेयर घर्तीले अफ्नो फेसबुकमा स्टाटस लेख्दै अनुगमनका लागि आएका शिर्ष नेताहरुले संविधानले व्यवस्था गरेको स्थानीय विपद व्यवस्थापन समितीको अधिकार नमिच्न समेत सुझाएका छन् ।

‘विभिन्न बहानामा भेरी नगरपालिका को आकाशमा हेलिकप्टर आतङ्क बन्द गर। सम्बिधानले व्यवस्था गरेको स्थानीय बिपद ब्यवस्थापन समितीको अधिकार मिच्न नखोज’, उनले लेखेका छन् ।

भूकम्प गएदेखि जाजरकोटमा हेलिकप्टर मार्फत प्रधानमन्त्री, राष्ट्रपति, उपप्रधान तथा मन्त्रीहरु, बिभिन्न दलका शिर्ष नेताहरु अनुगमनका लागि त्यहाँ पुगिसकेका छन् । यस भन्दा केही मिनेट अघि मात्रै मेयर घर्तीले जाजरकोटमा त्रिपाल आवश्यक रहेको भन्दै फेसबुक मार्फत आव्हान पनि गरेका थिए ।

उनको यि दुई स्टाटस हेर्दा शिर्ष नेताहरु फिल्डमा हेलिकप्टरमा लाखौँ खर्च गरेर पुग्दा आम जनताको समस्या समाधान नभएको भन्दै उनले दुखेसो पोखेका हुन् ।

 

कमेन्ट गर्नुहोस्
Share: