कैदीबन्दीद्वारा भूकम्पपीडितलाई  सहयोग

133
0
Share:

झापा :  झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन् । कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज ५८ हजार ६ सय ८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले बताए ।

कैदीबन्दीले दैनिक सिदाबापत ८० पाउँछन् । त्यसमध्ये आधा रकम भूकम्पपीडितलाई सहयोग दिइएको हो । झापा कारागारमा हाल एक हजार पाँच सय ६० जना कैदीबन्दी रहेका छन् ।

यसैगरी, विर्तामोड नगरपालिकाले भूकम्पपीडितको सहयोगार्थ पाँच लाख सहयोग गरेको छ । नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको नगरप्रमुख पवित्रा महतराले बताइन् ।

कमेन्ट गर्नुहोस्
Share: