
काठमाडौं : आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा बिहीबार दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै छन् । कोलकोतास्थित इडेन गार्डेनमा हुने खेल नेपाली समयानुसार दिउँसो सवा २ बजे शुरू हुनेछ ।
बिहीबारको विजेता टोलीले फाइनलमा भारतसँगको भेट पक्का गर्नेछ।
अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भएका पछिल्ला पाँच एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले ४ खेल जितेको छ भने अस्ट्रेलियाले एक मात्र जितेको छ।
यसअघि गएराति सकिएको खेलमा भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। भारत जारी प्रतियोगितामा अपराजित रहँदै उपाधि नजिक पुगेको हो।
कमेन्ट गर्नुहोस्
