प्रशासनले माइतीघरमा निषेधाज्ञा जारी गरेको बिरुद्धमा पनि सर्वोच्चमा रिट

Share:

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त निर्णयविरुद्ध मंगलबार अधिवक्ता स्वागत नेपाल र प्रेमराज सिलवालले मंगलबार सर्वोच्चमा रिट दिएका हुन् । उक्त रिटको पेसी बुधबारका लागि तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोबिन्द प्रसाद घिमिरेले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: