रेशम चौधरी प्रकरण: सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

Share:

काठमाण्डौं : सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशम चौधरीले पाएको आममाफीमा कारण देखाऊ आदेश जारी गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत गणतन्त्र दिवसका दिन टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका रेशम चौधरीलाई आममाफी दिएका थिए । सोही आममाफीबिरुद्ध राष्ट्रपति कार्यालय र रेशम चौधरीलाई विपक्षी बनाएर टीकापुर हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरी इन्स्पेक्टर केशब बोहोराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले मंगलबार दिएको आदेशमा यस मुद्दालाई अग्राधिकार दिइने पनि उल्लेख छ ।

राष्ट्रपतिले दिएको आममाफीको निर्णय उत्प्रेषण परमादेशबाट बदर गरी चौधरीलाई पूरै समय जेलमा राख्न कडायतले माग गरेको रिटमा सर्वोच्चले राष्ट्रपति कार्यालयबिरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: