
कास्की : कास्कीको पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटमा शनिबार पनि दुई खेल हुँदैछन् ।
पोखरा रंगशालामा बिहान ९ बजे शुरु हुने पहिलो खेलमा समूह ‘ए’ का कर्णाली प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी रेडबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुवै टोली आज पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन् । मदन भण्डारी रेड र कर्णाली यसअघिका खेलमा बागमती प्रदेश टीमसँग पराजित भएका थिए ।
दिउँसो १ बजे शुरु हुने खेलमा लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुँदैछ। एपीएफ शुक्रबार गण्डकी प्रदेशसँग पराजित भएको थियो ।
कमेन्ट गर्नुहोस्
