एभरेस्ट एफएमद्वारा १८८ युनिट रगत संकलन

Share:

कास्की :  पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले १८८ युनिट रगत संकलन गरेको छ ।

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा १५७ जना पुरुष र ३१ जना महिलाले रक्तदान गरेका थिए ।

‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ आयोजित एफएमको रक्तदान कार्यक्रममा ३१ जनाले पहिलो पटक रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनी, नेपाल प्रहरी प्रदेश गण, कालिगड संघ कास्की, फिस्टेल लज, जिफन्ट, इन्डियन पेन्सन क्याम्प भूपू गोर्खा, नागरिक समाजलगायतको संस्थागत सहभागिता रहेको एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले जानकारी दिइन् ।

कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको जानकारी दिए । उनले संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसर पारेर वार्षिक क्यालेन्डर नै बनाएर मिडिया हाउसले रक्तदान गर्दै आएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: