
काठमाडौं : रुसी सेनामा नेपाली भर्ती गराएको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर टेकुले दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई सार्वजनिक गरेको हो।
उनीहरूको साथबाट ४३ वटा पासपोर्ट र २७ लाख रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
